बिराटनगर :  प्रदेश १ का ३ छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

तेह्रथुम, पाँचथर र झापा जिल्लामा सोमबार दिउँसो ३ जना मृत अवस्थामा फेला परेका हुन् । तेह्रथुमको लालीगुराँस नगरपालिका-२ दारे गौडा नजिकै संखुवासभा घर बताउने अन्दाजी ४२ बर्षीय पासाङ शेर्पा मृत अवस्थामा फेला परेका हुन् । बिगत २० बर्ष देखी चिल्ड्रेन पार्कको टहरामा बसी लेबर काम गर्दै आएका उनी आज दिउँसो पौने ३ बजे मृत अवस्थामा पेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यसैगरी पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ का ४४ बर्षीय वली बहादुर आङदेम्बे सावाखोलामा डुबेको अवस्थामा मृत फेला परेका छन् । बैशाख ६ गते घरबाट आफुखूशी निस्किएका आङदेम्बे सोमबार  दिउँसो पौने ४ बजे खोलाको दहमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै झापाको मेचीनगर नगरपालिका-६ का ५५ बर्षीय चित्र बहादुर गौली पनी बाँसघारीमा मृत फेला परेका छन् । सोमबार दिउँसो साँढे ३ बजेको समयमा गौली उक्त स्थानमा मृत फेला परेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।