पाँचथर : पाँचथर फिदिम-३ लालिखर्क बस्ने ३६ बर्षीय बोलिराज राईको लडेर मृत्यु भएको छ ।

सोमबार दिउँसो १ बजे फिदिम-७ असिनेखोला छेउको बाटोमा हिडिरहेका राई एक्कासी चिप्लिएर लड्दा उनको घटनास्थलमै मृत्यु भएको भनि स्थानीयले प्रहरीमा खबर गरेका हुन् ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।