धरान : विराटनगरमा पिरिआर परिक्षणको क्रममा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोनाभाइरसको भेटिएको छ ।

सेतापाटीका अनुसार विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ती ८ जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

पोजेटिभ देखिएका नमूनालाई थप परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको ।

गत शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो। पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो।

संक्रमण देखा परेको भोलिपल्टै सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोसी अस्पताल विराटनगर पठाइएको थियो। तीनैमध्ये ८ जनामा फेरि कोरोना पोजेटिभ देखिएको हो।

यसअघि संक्रमण पुष्टि भएका १३ जना विराटनगरको कोरोना अस्पतालमा उपचाररत छन्।