मोरङ : मोरङको बेलबारी नगरपालिका ११ स्थित लक्ष्मी सामुदायिक वन भित्र एक ब्यक्तीको शब फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईका अनुसार शबको पहिचान समेत भईसकेको छ । उक्त शब मोरङको कानेपोखरी गाँउपालीका १ का ५९ बर्षीय धनराज बुढाथोकीको रहेकोको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुढाथोकी १ महिना अघिदेखी बेपत्ता भएका थिए ।
उनको शब अहिले पोष्टमार्टमाका लागि मंगलबारे अस्पताल उर्लाबारीमा राखिएको छ । उनको आत्महत्या हो या हत्या अहिले यसै भन्न नसकिने र थप अनुसान्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।