इटहरी : तरहरा स्थित चारकोशे जङ्गल छेउबाट लकडाउनको कारण बिचल्लीमा परेका ११ भारतीयको उद्धार गरिएको छ । भोजपुर हिँडेका उनीहरू लकडाउनको कारण चैत ८ गतेदेखि इटहरी २० तरहराको जडीबुटी प्रशोधन केन्द्रमा बस्दै आएका थिए ।

उनीहरूलाई कोरोनाको र्‍यापिड टेस्ट गरिएको र सबैको नेगेटिभ रिपोर्ट आएपछि केहिदिन इटहरीकै क्वारेन्टाइनमा राखिने इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी धर्मराज भण्डारीले बताए । उनीहरू चैत्र ८ गते नै सो स्थानमा आएको र लकडाउनका कारण त्यही बस्दै आएको उनको भनाइ छ ।

सल्लाको खोटो सङ्कलनका लागि भोजपुर तर्फ हिँडेको तर लकडाउनका कारण सवारी नचल्दा रोकिएर तरहराको जङ्गलमा बसेको भण्डारीले जानकारी दिए । सञ्चार माध्यममा मुस्लिम समुदाय र कोरोना फैल्याउने समूह हो भन्ने आशयको समाचार आएको प्रति चिन्ता व्यक्त गर्दै उनले सत्यतथ्य मात्र बाहिर ल्याइदिन आग्रह गरे ।