इटहरी : उदयपुरमा मात्र २४ जना कोरोना संक्रमित रहेको पुष्टी भएको छ । उदयपुर भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएकाहरुमा कोरोना देखिएको हो ।

सम्पर्कमा आएका थप ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि संगै उदयपुरमा २४ जना संक्रमित पुगेको हो ।

हाल सम्म ४२ जना मध्ये ४ जना निको भएर घर फर्किएका छन् ।

मंगलबार धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पुनः परीक्षणमा कोरोना संक्रमित देशभरी ४२ जना पुगेका हुन् ।

विपीमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा तिन जनामा कोरोना पुस्टि भएको थियो ।

कोशी अस्पताल विराटनगरमा पिसिआर टेष्ट गर्दा पोजेटिभ देखिए पछि पुन: भेरिफिकेसनको लागि ८ जना कै स्वाबको नमुना वीपी प्रतिष्ठान ल्याइएको थियो । त्यसै गरि उदयपुरकै ३ जनाको स्वाब टेकुमा परिक्षण गरेको थियो ।

विपीमा पुष्टी भएका आठ जना कोरोना संक्रमितलाई विराटनगरको कोरोना अस्पतालमा लगिएको छ । संक्रमितको संख्या बढेसँगै भुल्के पूरै बस्ती अहिले पनि सिल गरिएको छ। बस्तीमा सुरक्षाकर्मी खटिएका छन्।

- यस अघिको समाचारमा तथ्यांक अन्यथा भएकाले सच्याएका छौ : सम्पादक