धरान : कोरोनाको महामारीको मौका छोपेर अतिआवश्यक ह्याण्ड सेनिटाईजरको अबैध रुपमा उत्पादन तथा भण्डारण गरी कालो बजारी गर्ने इटहरीका २ युवा ब्यावसायीलाई प्रहरीले पक्राउ गरिएको छ ।

ईटहरीको मनकामना टोलमा संचालनमा रहेको सौर्य केमिकलका संचालक स्थानीय ३० बर्षीय अतित गुरागाँई र ईटहरी-६ का ४५ बर्षीय अमर जित गोस्वामीलाई प्रहरीले पक्राउ गरेको हो ।

सम्बन्धीत कुनै पनी निकायबाट अनुमती नलिई जथाभावी सौर्य नामक ह्याण्ड सेनिटाईजर उत्पादन भण्डारण गरी राखेको अवस्थामा मापदण्ड बिपरीत उत्पादन गरिएको ठुलो मात्राको सेनिटाईजर सहित दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

itahari-senitizer

उक्त स्थानबाट प्रहरीले, आफु खुसी स्तर घटाई उत्पादन गरी विभिन्न प्लाष्टिकका बोतलहरुमा लेवल टाँसी बजार मुल्य भन्दा वढी मुल्यमा बेचबिखन गर्न तयार गरिएका प्लाष्टिकका बोतलहरु बरामद गरेको हो ।

पक्राउ परेका सेनिटाईजर उत्पादक र बिक्री वितरण गर्ने दुवै जनालाई पक्राउ गरी कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ वमोजिम म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।