धरान : महिला सञ्जाल धरानले लांघालि सामुदायिक आवास गृहको क्वारेन्टाइनमा राखिएका सडक आश्रितहरूकालागि बिहान र बेलुकाको खाजा स्वरुप खाद्यान्न उपलब्ध गराएको छ ।

सञ्जालले भुजा १०० केजी, चिउरा १०० केजी, चिनी ५० केजी, चाउचाउ १० कार्टुन, विस्कुट ४ दर्जन, चिया रंग ५ केजी, लुगाधुने र नुहाउने साबुन १९० पिस, मन्जन १ दर्जन सहित ३९ हजार बराबरको सामग्री उपलब्ध गराएकोछ ।

खाद्यन्न सामग्री फुडबैंकमा दाखिला गरि सिधै लांघाली सामुदायिक भवनमा पुर्याइएकोछ । “लकडाउनको अवस्थामा सडक आश्रितहरूलाई लांघाली सामुदायिक भवनमा व्यवस्थित तरिकाले राखेको र यो चुनौतिपूर्ण कार्य उपमहानगरपालिकाले गरिरहेको छ, यस मानव सेवा कार्यमा महिला संजालका सबै पदाधिकारीहरुबाट रकम संकलन गरि सहयोग गरेको हो ” सञ्जालका अध्यक्ष सबिता राईले भनिन ।
त्यसै गरि त्यहाँ बस्ने सडक आश्रितहरूकालागि डिप्लोमा हेण्डीक्राफ्टकी सञ्चालीका पूर्णकला मास्केले १०० थान मास्क पनि उपलब्ध गराएकी छन् ।

राहत हस्तान्तरण कार्यमा सञ्जाल संरक्षक मिना पुलामी, निवर्तमान अध्यक्ष शिला बज्रचार्य, अध्यक्ष सबिता राई, वरिष्ठ उपाध्यक्ष चेतना सेरेङ, कोषाध्यक्ष लहरुमाया लगायत संजालका अन्य पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो । दुई दिन अघि महिला संजालका सदस्य रेखा कार्की तथा सामाना नेपालका सदस्य भावना राईले त्यहा बस्ने २६ जनाको कपाल काटी दिएका थिए ।