झापा : झापाको दमकमा लकडाउन लाई थप कडाइ गरिने भएको छ ।

आज नगरपालिकामा बसेको सर्वदलिय बैठकले लकडाउन लाई थप कडाइ गर्ने निर्णय गरेको हो । अब औषधी पसल, स्वास्थ्य उपचार बाहेकका अरु अति आवश्यक खाध्य बस्तुहरुको बिक्री वितरणका लागि सनिबार र बुधवार ११ बजे देखी ३ बजे मात्र खुल्ला गर्न पाइने भएको छ ।

यस अघी हप्ता भरी नै दिनको १० बजे देखि दिउँसो ४ बजे सम्म खुल्ला गरीएको थियो । तर उक्त समयमा धेरै भिडभाड बढे पछी हाल समय परीवर्तन गरीएको छ । अब आइतबार,सोमबार,मंगलबार,बिहीबार र शुक्रबार पुर्ण रुपमा दमक बन्द गरीएको छ ।

सामान बिक्री वितरण गर्दा सुरक्षामा अत्यन्तै होशियारी अपनाइ ग्राहक संगको दुरी कायम राखी ब्यबसाय संचालन गर्न र उपभोक्ताले पनि तोकिएको समयमा तोकिएको सुरक्षा ब्यबस्था मिलाइ आवश्यक सामान भिडभाड नगरी खरिद गर्न दमक उधोग वाणिज्य संघले अनुरोध गरेको छ ।

साथै आजबाट नगरपालिका भित्र बिभिन्न बहाना बनाई बिहान बेलुका कुनै पनि समयमा अनावश्यक हिड डुल गर्न नपाइने भएको छ । उक्त कुराको कसैले बेवास्था गरी नियम पालना नगरेमा कडा कारबाही गरिने दमक नगरपालिकाले जनाएको छ ।