धरान : दोलखामा आफ्नै ५८ वर्षीय दाजुलाई खकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ५२ वर्षीय राम बहादुर खड्कालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

अंशबण्डाको बिषयलाई लिएर सामान्य झगडामा भाई राम बहादुरले दाइलाई खुकुरी प्रहार गर्दा दाजु दुर्गा बहादुर खड्का गम्भीर घाइते भएका थिए ।

घाइते दुर्गा बहादुलाई धुलिखेल अस्पतालमा उपचारकालागि लगिएको थियो। उनको अस्पतालमा उपचार कै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका रामबहादुरलाई ज्यान मुद्दामा कारबाही प्रकृया आगडी बढाइने दोलखा प्रहरी प्रमुख रेवती रमण पोख्रेलले जानकारी बताए।