उर्लाबारी : मोरङ उर्लाबारी-१ का हस्त बहादुर राईको छोरा १४ बर्षीय सन्देश राईको खोलामा डुबेर मृत्यु भएको छ ।

बुधबार अपरान्ह ४ बजे आफ्नै घर देखी करिब १ किलोमिटरमा रहेको बक्राखोलामा डुबी रहेको अवस्थामा फेला परेका सन्देशलाई स्थानीयले देखी तत्काल उपचारको लागी अरनिको अस्पताल उर्लाबारीमा पुर्याएका थिए ।

उपचारका क्रममा उनको साढे ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

घटना सम्बन्धमा कानुनी अनुसन्धान भईरहेको प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।