धरान : धरान उपमहानगरपालिकामा आज सम्म १ सय १३ जनाको आरडिटी परीक्षण गरिएको छ ।

जसमध्ये १ सय १३ मध्ये ६४ पुरुष र ४९ महिला रहेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । स्वास्थ्य महाशाखाका वरिष्ठ कविराज रामबाबु यादबका अनुसार आज मात्रै १९ जनाको आरडिटी परीक्षण गरिएको छ ।

अहिले सम्म आरडिटी परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । धरान उपमहानगरपालिकाको २० वडा मध्ये अहिले सम्म १७, १६, १५, १४, १३, ११, ८, ७ ,१९ वडा गरी ९ वटा वडामा आरडिटी परीक्षण सकिएको छ भने बाँकी वडाहरुमा पनि निरन्तर परीक्षण गर्दे लैजाने बताइएको छ । यसै गरी धरान १३ स्थित सैनिक आवसिय महाविद्यालयको क्वारेन्टाइनमा बसेको मध्ये ५ जना सबैको नेगेटिभ रिपोर्ट आएको छ ।

सैनिक आवासीय महाविद्यालयमा जाँच भएको ५ जना आज डिस्चार्ज भएका छन् । अव क्वारेन्टाइनमा ६ जना बसिरहेका छन् ।