सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-७ का ६० बर्षीय गोकुल राई जंगलमा मृत फेला परेका छन् ।

बुधवार बिहान १० बजे आफ्नै बाख्रा चराउन भनी जंगल तर्फ गएका राई बेलुका सम्म पनी घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे थुलुङ दुधकोशी गाउँपालिका-८ को सनसारी डाँडाको भिर मुनी मृत अवस्थामा फेला परेका हुन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।