झापा : झापाको दमक नगरपालिका ६ मा रहेको एक मस्जिदमा अहिले १४ जना बसेका छन् । कोरोना भाइरस संक्रमण भए नभएको जाँच पश्चात कोरोना संक्रमण पुष्टि नभएपछि उनीहरुलाई मश्जिदमै क्वारेन्टाईन बनाएर राखिएको छ ।

मस्जिदलाईनै क्वारेटाइनको मान्यता दिएर उनिहरुको नियमित रुपमा नगरपालिकबाटै रेखदेख समेत गरिदै आएको छ । तर गए राति एकाएक बिर्तामोडमस्थित एक मस्जिदमा रहेका धर्म गुरुहरुलाई एम्बुलेन्समा हालेर दमक ६ मा रहेको मस्जिदमा ल्याईएपछि अवस्था केहि असामान्य बन्न पुग्यो ।

स्थानीयले उनीहरुलाई ल्याईएको थाहा पाएपछि बिरोध जनाउदै सडकमा उत्रिएका थिए । स्थानीयको अवरोध र बिरोधपछि एम्बुलेन्समै उनिहरुलाई जताबाट आएको त्यतै फर्काईएको जनाईएको छ ।

उनिहरुको कोरोना जाँचमा कसैलाई पनि कोरोना देखिएको थिएन । त्यहि भएर एकै ठाँउमा राख्न खोजिएको बताईएको छ ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उनीहरुलाई फिर्ता पठाईसकिएको जानकारी दिए ।

“जताबाट आएका हुन् उनिहरुलाई त्यतै फर्काईएको छ,” उनले भने । स्थानीयले क्वारेन्टाइनमा लैजानका लागि माग गरेका थिए । बिरोध भएपछि साँझमा मस्जिद आसपास सुरक्षा ब्यवस्था अत्यन्तै कडा पारिएको थियो ।