धरान : उदयपुरको चौदण्डीगढी नगरपालिका ५ को सिवाई र २ को मोतिगढाका ७८ जनाको बिहीबार स्वाब लिइएको छ ।

प्रदेश सरकार र स्वास्थ्य कार्यालय उदयपुरको संयुक्त टोलीले आज दुई स्थानको जोखिम क्षेत्रका मानिसहरूको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले बताए ।

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा मात्रै २८ जनामा कोरोना सङ्क्रमण देखिएपछि उदयपुरका अरू जोखिम क्षेत्रहरू सिवाई र मोतिगढका बासिन्दाहरूको पनि स्वाब लिइएको हो । कोरोना सङ्क्रमित मुस्लिम धर्मगुरुहरू सो क्षेत्रमा पुगेकोले सो क्षेत्र पनि जोखिम रहेको भन्दै स्वाब सङ्कलन गरिएको प्रमुख सुबेदीले बताए ।