इटहरी : प्रदेश नम्बर एकको उदयपुरमा मात्र देखिएको कोरोना संक्रमण बुधवार बाट अन्य जिल्लामा पनि फैलिएको पुष्टि भएको छ ।

बुधवार साँझ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा भोजपुरका एक जनामा कोरोना पुष्टि भएको हो ।

भोजपुर हतुवागढि गाउँपालिका ६ होम्ताङका २६ वर्षीय युवकलाई कोरोना देखिएको प्रतिष्ठान स्रोतले जानकारी दिए सँगै प्रदेश एकमा कोरोना सङ्क्रमितको सङ्ख्या २९ पुगेको छ ।

वैशाख ९ गते भोजपुरको हतुवागढी हेल्थ पोस्टमा गरिएको आरटीडि परीक्षणमा संक्रमित देखिएका उनको रिपोर्ट पोजेटिभ आएपछि स्वाब विपीमा ल्याइएको थियो ।

हतुवागढी हेल्थ पोस्टमा रहेका उनीसँगै प्रदेश एकमा कोरोना देखिने अर्को जिल्ला भोजपुर भएको छ ।

कपुरी न्युजलाई प्राप्त सङ्क्रमितको यात्रा विवरण ( ट्राभल हिस्ट्री ) अनुसार उनी साउदी अरबबाट आएको देखिन्छ । फाल्गुन ३० मा बिहान ९ बजेको उडानमा हिमालयन एयरलाइन्सको विमानमाबाट उनि आएका थिए ।

काठमाडौंबाट चतरामा रहेकी श्रीमतिलाई उनले भेटेका थिए । त्यसपछि श्रीमतिसँग सार्वजनिक बस चढेर उनीहरु धरानको चतरालाइन आएको पनि खुलेको छ ।

सङ्क्रमित उनि काठमाडौँबाट सुनसरी आएका थिए भन्ने समेत भेटिएको छ । तर उनी साउदीबाट आउँदै कोरोना थिए कि नेपाल आएर सङ्क्रमित सँग उनको भेट भएको थियो भन्ने विषय अझै पत्ता लागेको छैन ।

किनकि उनी सुनसरीको बाटो हुँदै चैत ८ गते उदयपुर पनि पुगेका थिए । यात्रा विवरण अनुसार उदयपुरमा रहेको ससुरालीमा उनी २ दिन बसेको देखिन्छ ।

कोरोनाको हटस्पट उदयपुर समेत आएकाले उनि साउदी बाटै सङ्क्रमित भएर आएका थिए कि उदयपुर वा नेपाल कै अन्य ठाउँबाट सङ्क्रमित भएका हुन्, पुष्टि हुन बाकि देखिएको छ ।

ससुरालीमा बसेर उनी मोटरसाइकल मार्फत भोजपुर गएका थिए । स्थानीय साथी सँग मोटरसाइकलमा गएका उनी चैत ११ गते भोजपुर पुगेका हुन् । त्यसैले अबको खोजको विषय साउदीबाटै सङ्क्रमित भएर आएका हुन कि नेपाल कै कुनै ठाउँमा कोरोना लागेको हुन भन्ने खोज्न बाँकी छ ।