धरान : नेपाल बसोबास बस्ती संरक्षण समाजले धरान नगरपालिकाले स्थापना गरेको फुड बैङ्कमा १००० किलो चामल सहयोग गरेको छ ।

कोरोना सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने, मजदुर तथा अति विपन्नहरूलाई राहत प्रदानमा सहयोग पुगोस् भन्ने उद्देश्यले १००० किलो चामल प्रदान गरिएको समाजले जनाएको छ ।

शुक्रवार धरान ८ स्थित सभागृहमा रहेको फुड बैङ्कमा समाजका महासचिव कुमार कार्कीले धरान नगरकी उप प्रमुख मञ्जु भण्डारी सुवेदीलाई उक्त चामल हस्तान्तरण गरेका हुन । सुकुम्वासीहरू आफैले राहत लिनु पर्ने अवस्थामा भए पनि धरानका सुकुम्बासीहरुले राहत पाउन भन्ने उद्देश्यले उपमहानगरपालिकालाई चामल प्रदान गरिएको समाजका केन्दिय महासचिव कुमार कार्कीले बताए ।

धरानका धेरै सुकुम्बासीहरुले राहत नपाएको गुनासो आएको पनि कार्कीले बताए ।