धरान : धरान-१६ मा १६९४ परिवारलाई दोस्रो चरणको राहत वितरण गरीएको छ ।

धरान उपमहानगरपालिका वार्ड नंं. १६ मा दोस्रो चरणको राहत वितरण शुक्रबार देखि शुरु गरेको छ । राहत बितरण कार्य व्यवस्थित एवम् भौतिक दुरी कायम गरी साबुन पानीले हात धुने र सेनिटाईजर लगाएर मात्र राहत बुझ्ने व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाको आफ्नै पहलमा २२६ परिवालाई र उपमहानगरको फुड बैंकबाट १३६८ परिवारलाई राहत वितरण गरिएको छ । अझैपनि छुट भएका ७० घरको नामावली आएकोमा त्यस मध्ये छानविन गर्दा १३ घरलाई राहत दिनुपर्ने देखिएको वडाध्यक्ष दिलकुमार गिरीले बताए ।

टोलबाट आएका घरहरुमा स्थलगत निरिक्षण गरी मात्र राहत दिने निर्णय गरिएको गिरीले बताए ।

वडा कार्यालयले विवादमा नपर्ने गरी सम्पुर्ण प्रकृया मिलाएर कार्य गर्ने प्रयत्न गरीरहेको १६ नं। वडा कार्यालयका वडा सचिव सुवास पराजुरीले जानकारी दिएका छन् ।

राहतमा एक परिवारका लागि १० केजी चामल १ केजी दाल, १ केजी नुन्, १ लिटर तेल, २ केजी आलु र आधा केजी न्युटेला वितरण गरिएको छ ।