धरान : भोजपुरको हतुवागढी गाउपालिकाका कोरोना सँक्रमित युवाको मावली धरान १३ मा रहेको खुलेको छ ।

उनी मावलीमा करिब डेढ घण्टा बसेर खाना खाएर गएको बुझिएको छ । मावलीमा एक रात नबसी धरानमै साथीकोमा बसेको मावलीकी माईजुले जानकारी दिएकी छिन् ।

मावलीका सबैको स्वास्थ्य परिक्षण गर्न तयारी भईरहेको १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिएका छन् ।