मोरङ :  मोरङको बुढिगंगा गाउँपालिकाकी एक बालीकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले घटना भएको तिन महिना पछि आरोपितहरुलाई पक्राउ गरेको हो ।

२०७६ साल माघ १५ गते राती बुढिगंगा गाउँपालिकाकी एक बालीकालाई जबरजस्ती सामुहिक करणी गरेको आरोपमा २ जना १६ बर्षीय बालक सहित बुढिगंगा गाउँपालिका-६ का १९ बर्षीय सन्देश लिम्बु र २१ बर्षीय टंके भन्ने कुमार राईलाई बैशाख १० गते पक्राउ गरेको हो ।

पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।