पाँचथर :  पाँचथर मिक्लाजुङ-६ कन्याटार बस्ने ९० बर्षीय सुरेन्द्र राईको लडेर मृत्यु भएको छ ।

आज दिउँसो साढे १ बजे आफ्नै घर नजिक रहेको बारीमा घाँस काट्ने क्रममा अचानक लडी करिब ६ मिटर तल झरी बझारिदा राईको घटनास्थलमै मृत्यु भएको भनि स्थानीयले इलाका प्रहरी कार्यालय खान्द्रुङमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।