धरान : झापामा एक जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।

झापाको दमक ३ निवासी ६२ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । सङ्क्रमित पुरुष देश बाहिर कहीँ नगएको र उनका छोरा फाल्गुणमा दुवईबाट आएका थिए ।

परिवारको ३ जना आमा, बुवा र दुवईबाट आएका छोराको थ्रोट स्वाब परीक्षण गर्दा आमा र दुवाईबाट आएका छोरामा सङ्क्रमण देखिएन भने बाबु ६२ बर्षियमा भने कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४९ जना पुगेको छ भने १० जना निको भईसकेका छन् ।

Corona-Report