झापा : नेपाली कांग्रेस गौरादह नगर समितिले गौरादह नगरपालिकालाई राहत सहयोग हस्तान्तरण गरेको छ ।

कोरोना भाईरसको संक्रमणका कारण लकडाउनले बढी प्रभावित विपन्न परिवारलाई राहत खाद्यान्नका लागि समितिले गौरादह नगरपालिकाको राहत व्यवस्थापन कोषमा १ लाख १ सय ११ रूपैयाँ बराबरको राहत रकम हस्तान्तरण गरेको हो ।

सो रकम नेपाली कांग्रेस नगर सभापति यादब राज सेडाई, नगर सचिबद्वय बेद प्रकाश सुवेदी (बिदुर) र नेत्र खड्का, नगर सदस्य दिपक खड्का, कांग्रेसका झापा जिल्ला सदस्य इमानसिंह तामाङ , वडा नं ९ का वडा अध्यक्ष सिताराम भट्टराई, वडा नं २ का वडा सदस्य बिजय कन्दङ्वा, नेबिसंघ नगर सभापती बाबुराम नेपाल, पार्टीका क्षेत्रीय प्रतिनिधि सन्जिब कार्की, गौरादह जेसिज अध्यक्ष तारा श्रेष्ठलगायतको उस्पस्थितिमा गौरादह नगरपालिकाका नगरप्रमुख रोहित कुमार साह, उपप्रमुख गिता भेटुवाल, प्रशासकीय अधिकृत खेमराज ओझालाई राहत सहयोग रकम हस्तान्तरण गरिएको छ ।

कोरोना भाईरसको महामारीका कारण लगाईएको लकडाउनबाट नगरपालिकाभित्र रहेका गरिब तथा बिपन्न परिवारलाई परेको संकटलाई आत्मसात गर्दै नेपाली कांग्रेस नगर समितिले आफ्ना शुभचिन्तक तथा दाताहरूबाट आर्थिक सहयोग जुटाएर नगरपालिकालाई सहयोग गरेको नगर सभापति यादवराज सेढाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।