धरान : उपमहानगरले दुई पटक दिएको राहत सकिसकेको छ । श्रीमती सुत्केरी छिन् । आमाकै खानपीन कमजोर भएको कारण  एघार महिनाको बच्चालाई खुवाउन दुधपनि प्रयाप्त आउँदैन ।

धरान बाबाधाम मार्गका गोकुल राईलाई अहिले घरको सामान्य समस्या टार्न निकै सकस हुँदै गएको छ ।

सुत्केरी श्रीमतीलाई पोषणयुक्त खाना खुवाउन त परैको कुरा उनीहरूलाई बिहान बेलुका छाक टार्नै समस्या पर्दै गएको हो । दैनिक मजदुरी गरेर परिवार पाल्ने उनीहरूको घरमा बाँकी रहेका खानेकुरा सकिन थालिसकेको छ । लकडाउनले कमाउने बाटो रोकिए सँगै एघार महिने दुधे बालकलाई दूधको साटो भातको माड खुवाउन थालेकी छिन् ।

lockdown-problem-2--dharan

'दुई चोटि दिएको राहत नि सकिसक्यो अब त' राईले भने 'सानो छोरो सहितको परिवारलाई पनि छाक टार्न गाह्रो भयो ।' मिस्त्रीको काम गरेर दैनिकी टार्ने उनलाई अहिले समस्यामा परेका छन् । उनी लकडाउन हुनु पूर्व लेबर काम गरेर काम हुँदा दिनको १ हजार कमाउँथे र जसबाट परिवार चलाउँथे ।

उनीका एक हातमा औलाहरू छैनन् खुट्टामा पनि घाउ भएकोले अहिले उनलाई स्वास्थ्यमा समस्या देखिँदै गएको छ । निर्माण मजदुर उनी काम गर्ने क्रममा खुट्टाकोमा पटक पटक लागेर घाउ बल्झिएको छ त्यो सँगै उनलाई खानै समस्यामा पनि छ । मिस्त्री गरेको अलेलि पैसा लिन बाँकी थियो लकडाउनले गर्दा त्यो पनि पाएका छैनन् ।