दमक : झापाको दमकमा एक ब्याक्तिमा कोरोना पोजेटिभ देखिएपछि दमकको केहि भाग शिल गर्ने कोरोना भाइरस नियण्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितले निर्णय गरेको छ । 

शुक्रबार राती बसेको आपत्कालीन बैठकले यस्तो निर्णय गरेको हो ।

साँझ समितिकी प्रवक्ता एवं दमक नगर उपप्रमुख गीता अधिकारीले बिज्ञप्ति जारी गर्दै यस बिषयमा जानकारी दिएकी हुन् । कोरोना भाइरस संक्रमणको परीक्षण गर्नुपर्ने भएकाले दमक नगरपालिकाको उत्तरमा मावा पुलदेखि बेलडाँगी १ सम्म, दक्षिणमा कृष्णमन्दिर राजमार्ग उत्तर शिल गरिएको छ ।

यसैगरी पुर्वमा हिमालय माबिदेखि बेलडाँगी १ सम्म र पश्चिममा मावा खोला सम्म शिल गरिएको बिज्ञप्तिमा उल्लेख छ । यो चार किल्ला भित्र आवतजावत लगायत कुनैपनि गतिविधि पुर्ण रुपमा निषेध गरिएको छ, बिज्ञप्तिमा भनिएको छ । 

Damak-Sealed-2