झापा : नेपालका कान्छा कोरोना संक्रमित बनेका झापा दमकका ६२ वर्षीय वृद्धको घरमा बुधबारमात्र मरिमराउको काम सकिएको पाईएको छ ।

संक्रमण पुष्टि भएका वृद्धको सासुआमाको १२ दिनअघि निधन भएको थियो । आमाको निधन भएपछि संक्रमित वृद्धकी श्रीमती र दिदीसासु दमकस्थित उनको घरमा किरियामा बसेका थिए । उनकी दिदीसासु इटहरीको हाँसपोसाबाट दमकस्थित उनको घरमा आएर किरियामा बसेकी थिइन् ।

काममा बस्ने क्रममा उनको घरमा हाँसपोसाबाट दिदीसासुसहित २, दमक नगरपालिका ६, ७ र ९ नम्बर वडाबाट ४/४ जनासहित करीब ३५ जना आफन्त आएका थिए । संक्रमित पुष्टि भएका वृद्धका छोरा फागुनमा दुबईबाट घर फर्किएका थिए ।

गत फागुन ३० गतेको नेपाल एयरलाइन्समार्फत संक्रमितका छोरा युएईबाट काठमाडौं आएका थिए । उनी तिनसम्म काठमाण्डौमा बसेका थिए । उनी चैत ४ गते यात्रु बसमार्फत दमक स्थित आफ्नो आइपुगेका थिए ।

बिहीबार दमक नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले घरमै पुगेर ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) परीक्षण गर्ने क्रममा छोरालाई कोरोनाको एन्टिबडी पोजिटिभ देखिएको थिएको थियो ।

दुई पटकको परीक्षणमा समेत छोराको एन्टिबडी पोजेटिभ देखिएपछि तत्काल उनकी बुहारी, श्रीमती र उनको पनि परीक्षण गरिएको थियो । परीक्षणका क्रममा बुहारीको आरडीटी नेगेटिभ देखिएको थियो भने वृद्ध र उनकी श्रीमतीको रिपोर्ट पोजिटिभ आएको थियो ।

ट्राभल हिष्ट्री खोज्दै प्रहरी, दमक ३ सिल

पिसिआर रिर्पाेट पोजेटीभ आएसँगै उनीहरु सबैको ट्राभल हिस्ट्रि खोज्न सुरु गरीएको छ । संक्रमित भएको वडा, दमक ३ पुर्ण रुमा सिल गरीएको छ ।

संक्रमित र परिवारको सबैको ट्राभल हिस्ट्री खोज्न सुरु गरीएको छ । टोल विकास समितिलाई, आफ्नो टोलको सुरक्षा आफै गर्न निर्देशन गरीएको र आवश्यक परेर कतै जानु परे वडा प्रतिनिधि वा प्रहरी लाई खबर गरेर मात्र घरबाट निस्कन वडा अध्यक्ष नबिन बरालले अनुरोध गरेका छन् ।

दमक नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गिता अधिकारीका अनुसार सुक्रबार बिहान सबेरै चारै जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

जसमा एक जनामा पिसिआरपनि पोजेटिभ पाईएको छ । यो सँगै दमकमा सुरक्षा सतर्कता बढाईएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितले जानकारी दिए ।

वडा नम्बर ३ प्रबेश गर्ने सबै नाका सिल गरिएको र बाक्लो संख्यामा सुरक्षाकर्मीपनि परिचालन गरिएको पण्डितले बताए ।

यसैबिच दमक नगरपालिकाले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार दमक अस्पतालको आइसोलेसन वार्डमा २ महिलासहित ७ जनालाई भर्ना गरिएको छ ।

Damak-Sealed-2