धरान : काठमाडौँबाट यात्रु बोकेर उदयपुर आउदैँ गरेको बस दुर्घटनामा परेको छ । काठमाडौँमा रहेका अलपत्र यात्रु बोकर उदयपुर आउदैँ गरेको बा ३ ख ४०३६ बस बर्दिबास–३ पाटोमा दुर्घटना भएको हो ।

दुर्घटनामा बसका सहचालक बाबुराम बिकको च्याप्पिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

प्रहरीका अनुसार उक्त बसमा रहेका अन्य यात्रुहरु सकुशल रहेका छन् । दुर्घटना बारे पूर्ण विवरण आउँन बाँकी छ ।