प्रकाशपुर : काठमाण्डौमा विभिन्न काम गर्दै बसेका बराहक्षेत्र नगरपालिकाका ९६ जनालाई ल्याइएको छ । सुनसरी काठमाडौं सम्पर्क मंच र बराहक्षेत्र नगरपालिकाको समन्वयमा बराहक्षेत्रवासी ९६ जनालाई घर फिर्ता गरेको हो ।

लकडाउनको कारण काठमाडौंमा बस्दै आएकाहरुलाई सम्पर्क मंचले घर फर्काएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुमतिमा तिन वटा गाडिमा बराहक्षेत्र सम्म ल्याइएको थियो ।

सम्पर्क मंचका सचिवालय सदस्य रमेश बिस्टका अनुसार चक्रघट्टीस्थित नगर अस्पतालमा ९६ जनाकै ज्वरो परीक्षण गरेर घर सम्म छोडिएको हो । काठमाण्डौ बाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

Baraha-Checkup