धरान भोजपुरका कोरोना सङ्क्रमित युवाका मावली घरमा हिजो र्‍यापिड टेस्ट गर्न छुटेका दुई जनामा आज र्‍यापिड टेस्ट गरिएको छ ।

र्‍यापिड टेस्टमा दुवैको नेगेटिभ कोरोना नभएको रिपोर्ट आएको छ । हिजो किट अभावको कारण सङ्क्रमितका हजुरबुबा र माइजूको मात्रै परीक्षण गरिएको थियो भने आज जिल्ला स्वास्थ्य कार्यालय सुनसरीबाट किट आइपुगेपछि दुई बालबालिकामा र्‍यापिड टेस्ट गरिएको हो ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा र १३ नम्बर वडा कार्यालयको टोली घरमै पुगेरर्‍यापिड टेस्ट गरिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका वरिष्ठ कविराज रामबाबु यादवले जानकारी दिएका छन् । संक्रमितको मावलीका सवै सदस्यको रिपोर्ट नेगेटिभ, कोरोन नभएको आएको १३ नम्बर वडाका वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले जानकारी दिएका छन्