इटहरी : इटहरीको रौता टेक्निकल कलेजले इटहरी २ मा रहेको मायाघरलाई आवश्यक खाद्य सामाग्री सहयोग गरेको छ ।

कलेजकी प्रबन्ध निर्देशक कृष्टिना थापाका अनुसार मायाघरलाई आवश्यक खाद्य सामाग्री चामल, दाल तथा अन्य खाद्य सामाग्री हस्तान्तरण गरिएको हो ।

यहाँ खाद्य सामाग्रीको अभाव नहोस् भन्नका लागि हामीले केही खाद्य सामाग्री हस्तान्तरण गरेका हौँ, उनले भनिन्, अहिले लकडाउनका कारण विपन्न मानिसहरुको बिचल्ली नहोस् भन्नका लागि पनि हामीले सहयोग गरेका हौँ । माया घरमा करीब ४ दर्जन बढी मानिसहरु आश्रित रहेका छन् ।

यसैबीच प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले माया घरलाई आवश्यक पर्ने मास्क, पञ्जा र सेनिटाइजर उपलब्ध गराएका छन् ।