धरान : प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले कोरोनाको उपचार र रोकथामका लागि गम्भीर भएको बताएका छन् । प्रदेश नम्बर केन्द्रबिन्दु भएकोले कोरोना भाइरसको उपचार र रोकथामका लागि प्रदेश सरकार गम्भीर भएर लागि रहेको बताएका हुन् ।

Covid-19-2

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बनेको १ सय बेडको कोभिड १९ अस्पतालको निरीक्षण गर्न धरान आई पुगेका मुख्यमन्त्री राईले एक नम्बर प्रदेशमा कोरोनाको सङ्क्रमण बढेकोले कोरोनाको केन्द्रबिन्दु बन्दै गइरहेकोले कोभिड १९ सँग जुध्न हर तरह प्रदेश सरकार लागि रहेको छ । यसलाई पराजित गर्न प्रदेश एकका सबै संयमित भएर लागि पर्नुपर्ने बताउँदै मुख्यमन्त्री राईले भने प्रदेश सरकारको तयार राम्रो भएकोले आत्तिनु पर्देन ।

Covid-19-1

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजदेखि सञ्चालनमा आएको कोभिड १९ अस्पताल निरीक्षण पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिर्दै मुख्यमन्त्री राईले हामीले एक हप्तामा नै विराटनगरमा कोभिड अस्पताल तयार गर्‍यौँ, जहाँ सङ्क्रमितहरूलाई राख्ने गरेका छौँ । जहाँ जहाँ सङ्क्रमण देखिएको छ, त्यहाँ परीक्षण कार्यलाई तीव्र बनाएका छौ, त्यसैले अहिले त्रसित भएर आत्तिएर झन् समस्या आउन सक्छ बरु संयमित भएर लागौँ ।

Covid-19-3

धरानमा एक हप्तामा १ सय बेडेका अस्पताल तयार भएको छ, र थप १ सय बेडको तयारी गर्न सकिने प्रतिष्ठानका उपकुलपतिले भनेका छन् । यही ठाउँमा परिस्थिति हेरेर सङ्ख्या अझै थप गर्न सक्छौँ, ।
मुख्यमन्त्री राईले कोभिड १९ लाई पराजित गर्न लकडाउनमा पालना गर्नुपर्ने अनुशासनहरू पालना गरेर, सङ्क्रमितहरूलाई उपचारको व्यवस्था गरेर तथा सङ्क्रमण विस्तार हुन नदिएर कोरोना भाइरसलाई पराजित गर्ने बताए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र तयार पारिएको १ सय बेड क्षमताको कोभिड १९ अस्पताल आज देखि सञ्चालनमा आएको छ । अत्याधुनिक सेवा सुविधाका साथ अस्पताल सञ्चालनमा आएको प्रतिष्ठानले जनाएको छ ।