इटहरी : नेपाली कांग्रेस इटहरी नगर समितिले राहत कोषमा १ लाख ७५ हजार सहयोग गरेको छ । कांग्रेसले इटहरी उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषको खातामा सो रकम जम्मा गरेको हो ।

कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएको र मुलुक लकडाउनमा रहेको अवस्थामा मजदुर गरिबहरु समस्यामा परेको भन्दै उनीहरुलाई राहत दिनको लागि पैसा सहयोग गरिएको कांग्रेस नगर सहसभापती कोबिदजङ्ग कार्कीले जानकारी दिए ।

दैनिक ज्यालादारी गरेर चुल्हो बाल्ने श्रमजीवीहरुलाई भोकभोकै मर्न नदिन काँग्रेस इटहरीले सहयोग गरेको उनले बताए ।

कांग्रेसले यसअघिनै अति बिपन्न बर्गका नागरिकहरुलाई राहत वितरण गर्न आग्रह गरी ५ हजार केजि चामल उपलब्ध गराइसकेको र अहिले सोही परिमाणमा चामल खरिद गर्नपुग्ने रकम सहयोग गरेको उनको भनाइ छ ।

उपमहानगरको नेपाल बैंक लिमिटेड इटहरीमा रहेको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरेका हो ।