धरान : धरान भरी रहेका सहकारी संस्थाहरुले धरान उपमहानगरपालिकाको फुड बैंकमा ४ लाख ८२ हजार २ सय ९५ रुपैया बराबरको राहत सहयोग गरेका छन् ।

धरान नगर सहकारी समन्वय समितिको संयोजक मिषण लामाको संयोजकत्वमा धरानभरि रहेको सहकारी संस्थाहरुबाट सो रकम संकलन गरि धरान उपमहानगरपालिकाद्वारा स्थापना गरिएका फुडबैंकमा चामल १० हजार २ सय ४० किलो र नुन १५सय किलो नगर प्रमुख तिलक राई र उप प्रमुख मन्जु भण्डारी सुवेदीलाई जिल्ला सहकारी संघ सुनसरीका उपाध्यक्ष दिनेश श्रेष्ठले हस्तान्तरण गरेका छन् ।

उक्त कार्यक्रममा जिल्ला सहकारी संघ सुनसरी वरिष्ठ उपाध्यक्ष नरेश कुमार ईवाराम, जिल्ला बचत संघका अध्यक्ष शिवराज श्रेष्ठ, सहसंंयोजक विधा शाक्य, कोषाध्यक्ष कमला राईको पनि उपस्थिति रहेको थियो ।