झापा : झापाको दमकमा एकजनामा कोरोनाको संक्रमण देखिएपछि झापामा बिशेष सतर्कता अपनाईएको छ ।

अब दमक प्रबेश गर्ने जो कोहीलाईपनि दमकस्थित ताराबारी ढाटमा ज्वरो नापेर मात्र दमक प्रबेश गर्न दिईने कार्यको आजबाट सुरुवात भएको छ ।

दमकमा एकजना कोरोना संक्रमित फेला परेसंगै यस्तो कडाइ थालिएको हो । देशका बिभिन्न जिल्लाबाट मोरङ हुदै झापा प्रबेश गर्ने यात्रुलाई लेजर थर्मल गनको माध्यमबाट ज्वरो परिक्षण गरि दमक प्रबेशको अनुमति दिन सुरु गरिएको दमक ट्राफिक प्रमुख यज्ञराज शर्माले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय झापा र रेडक्रस दमकले यस कार्यको संयोजन गरिएको जनाईएको छ ।