झापा : नेपालमा थप १ जनामा कोरोना संक्रमण देखिएको छ ।

झापाका ५० वर्षीय मुस्लिम समुदायको पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार यो संगै संक्रमितको संख्या ५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको परीक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।

उनी अस्पतालको सम्पर्कमै रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।

ministry-letter