इटहरी । सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाललाई मातृशोक परेको छ ।

सोमबार बिहान ३:२५ बजेको समयमा निज निवासमै ढकालकी माता इन्द्रमाया ढकालको निधन भएको हो ।

बिगत दुइबर्ष देखि क्यान्सर पीडित भएकी इन्द्रमायाको घरैमा औषधी सेवन गरीरहेको परिवार श्रोतले जनाएको छ । सोमबार बिहान बुढिगङ्गा मुक्ति घाटमा अन्तिम दाहसंस्कार गरिने भएको हो ।