ताप्लेजुङ :  ताप्लेजुङको श्रीजंगा गाउँपालिका-२ मा ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

आज बिहान सवा ११ बजेको समयमा खादिम्बे तर्फ खाद्यान्न लिन जाँदै गरेको जनमेजय निर्माण सेवा प्रा.लि. को प्रदेश १-०१-००१ त ८२४८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि अन्दाजी १०० मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टर चालक पाँचथरको हिलिहाङ गाउँपालिका ठेगाना भएका २२ बर्षीय निर्मल लामिछानेको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुर्घटनामा परी ट्याक्टरका सह-चालक स्थानीय १९ बर्षीय रुद्र पौडेल घाईते भई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको छ ।