इनरुवा : जिवन विकास लघुवित्तद्वारा सुनसरीका दुई वटा गाउँपालिकालाई राहत स्वरुप चामल हस्तान्तरण गरिएको छ ।

ज्यालादारी गर्ने र दैनिकी गुजारा चलाउन कठिन भएकाहरुलाई राहत पुग्ने गरी चामल हस्तान्तरण गरिएको संस्थाका रामानन्द मेहताले बताए ।

मेहताका अनुसार सुनसरीको कोशी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकालाइ १५/१५ क्विन्टल चामल जिवन विकास लघुवित्तको शाखा कार्यालय मधुवनले दुबै गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरेको हो ।

उक्त राहत बुझ्दै कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले मुलुक अहिले कठिन परिस्थितिमा गुज्रिरहेको बेला सम्पुर्ण व्यापारी, उधोगपती लगायतको सबैमा सहयोग अपिल गर्दै र जिवन विकास लघुवित्तलाई धन्यवाद समेत दिएका थिए ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले प्राप्त राहत सहयोग विपन्नलाई विपन्न वितरण गरिने बताए ।