धरान : प्रदेश १ मा पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको छ । सोमबार सम्म पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कले जनाएको छ ।

द्रूत परीक्षण विधि (आरडिटी) बाट प्रदेश १ मा कूल ४ हजार ८ सय २८ जनामा कोरोना परीक्षण भएको छ । ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पिसिआर) बाट ९ सय ८१ जनाको नमूना परीक्षण भएको छ । प्रदेश १ मा ३१ जनालाई कोरोना संक्रमण देखिएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबार सम्म  २ हजार ९२ जना पुगेको छ ।

प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा २८ करोड ८२ लाख ९७ हजार ५४ रुपैयाँ जम्मा भएको छ ।