झापा : झापाको मेचीनगर नगरपालिका-६ मेची पुलबाट ५० ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

सोमवार राती पौने १० बजेको समयमा निर्माणाधिन अवस्थामा रहेको मेची पुल मुनी खाल्डो खनेर लुकाउँदै गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ का ५८ बर्षीय बच्चु चौधरीलाई उक्त परिणामको लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।