ईलाम : ईलामको फाक्फोक्थुम-३ रातमाटेका १२ बर्षीय बालक मनोज लिम्बुलाई खोलाले बगाउदा उनको मृत्यु भएको छ ।

हिजो दिउँसो साढे १ बजे साथीसंग घर नजिकै रहेको  फाक्फोक खोलामा माछा मार्न  गएका लिम्बुलाई  अविरल वर्षाको कारण खोलामा आएको बाँढीले बगाउदा उनि बेपत्ता भएका थिए ।

आफन्तले खोजी गर्ने क्रममा करिब २ किलोमिटरको दुरीमा खोलाको किनारमा उनको शव फेला परेको भनि प्रहरीमा खबर गरेका थिए ।