धरान : धरान १४ स्थित गणेश चौकमा मापदण्ड बिनाको तिन तले बाँसको घर भत्किएको छ । सोमवार राती आएको विशाल हावाहुरीले चोकमै रहेको बाँसले बनेको तिन तले घर भत्किएको हो ।

रातीको हावाहुरीले भत्काएको घरमा घर क्षति केही पनि नभए कृष्ण प्रसाद भट्टराईले जानकारी दिए । उनलाई यस्तो घर नबनाउन छिमेकीले वडा कार्यालयले पटक पटक बाँसको घर नबनाउन अनुरोध गरेको अध्यक्ष भट्टराईले बताए।

वासुदेव भट्टराईले बनाएको सो घरमा मुद्दा समेत चलेको थियो । धरान उपमहानगरपालिकाले घर बनाउने क्रममा नक्सामा रोक्का गरिएको नगर प्रहरी निरीक्षक विष्णु कोइरालाले बताए ।

निरीक्षक विष्णु कोइरालाको अनुसार घर हेर्दा निकै जोखिमपूर्ण र बाटो समेत मिचेर बनाएकोले घर भत्काउन निर्देशन दिइएको थियो ।

सोमवार घर भत्काउन निर्देशन लिएको नगर प्रहरीको टोली बिहानै भट्टराईको घरमा पुगेको थियो । भत्किएको घरका बाँस टिन सबै निकाल्न र वाटोसग टाँसेर बनाएको घरलाई कानुनी प्रक्रियाबाट छानबिन गरिने कोइरालाले बताएका छन् । 

वासुदेव भट्टराईले बनाएको बाँसको तिन तले घर लड्नु पहिला खिचिएको तस्बिर

14-ko-ghar 1