इटहरी : नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर शेखर कोइरालाले बिराटनगर स्थित कोशी अस्पताललाई स्वस्थ्य सामाग्री वितरण गरेकाछन । डा कोइरालाले कोशी अस्पतालको कोभिड १९ बिशेष अस्पतालमा प्रयोग हुने पिपिइ लगायत सामग्री दिएका हुन ।

रेयोको गाकुएन टोकियो कार्यालय जापानले डा कोइराला मार्फत बिराटनगरको कोशी अञ्चल अस्पताललाई उक्त सामाग्री पठाएको थियो । डा कोइरालाले अस्पताल परिसरमै पुगेर अस्पतालकि निर्देशक डाक्टर संगीत मिश्रलाई सो सामन हस्तान्तरण गरेका हुन् ।

टोकियो स्थित गाकुएन कार्यलयका प्रमुख मणी खड्काले नेपालका अस्पतालमा पीपीईको अभाव भएको समाचार पढेपछि १० सेट पीपीई उपलब्ध गराएको जानकारी दिएका छन् ।