इटहरी : बुधबार बिहान ७ देखि १० बजेसम्म इटहरीमा उपमहानगरपालिका भरी बजार खुल्ला गरिने भएको छ । अत्यावश्यक सामाग्रीहरु, खाद्यान्न, तरकारी र फलफुका पसल खुल्ला गर्ने व्यवस्था मिलाइएको हो ।

मङलबार बिहान मेयर द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले जिल्ला सुरक्षा समिति सँग समन्वय गरी वैशाख १७ देखि बिहान पसल खुल्ला गर्ने निर्णय गरेको हो ।वडाध्यक्षहरु, प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र नागरिक समाज समेतको सहभागितामा भएको बैठकले सो निर्णय गरेको मेयर चौधरीले बताए । साथै बजार आउँदा सवारी साधन प्रयोग नगरि एक परिवार वाट एक जना मात्र आउनुपर्ने उनको भनाइ छ ।

तोकिएको समयमा खरिद विक्री गर्दा सामाजिक दुरी कायम गर्नुपर्ने र त्यसको नियमित अनुगमन गरिने उनले जानकारी दिए । त्यसका साथै औषधी पसल सदाझै २४अ‍ै घण्टा सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।