धरान : धरानको कोरोना राहत कोषमा अमेरिका लगायत विभिन्न मुलुकमा बस्ने धरानेहरुले राहत कोषमा जम्मा ४ लाख प्रदान गरेका छन।

मंगलबार दोस्रो चरणमा १ लाख ९० हजार उपलब्ध गराएको हो । उक्त रकमको चेक सुधन कुमार श्रेष्ठ र पूर्ण राईले धरान उपमहानगरपालिकाका नगर प्रमूख तिलक राई र उप प्रमूख मञ्जु भण्डारी सुवेदीलाई चेक मार्फत रकम हस्तान्तरण गरेका छन् ।

पहिलो चरणमा केही दिन अघि रु २ लाख १० हजार रकम प्रदान गरेको थियो । धरान नगरपलिकाले पनि उक्त रकमबाट आवश्यक खाद्यान खरिद गर्ने गरी भरपाई रसिद पनि प्रदान गरेको छ ।

धरान बाहिर रहेका धरानेहरुले आफुहरु पनि विपदमा भए पनि धरानलाई माया गरी गो फण्ड मी नामल वेव साईट मार्फत रकम संकलन गरेर पठाएको हो । अमेरिकामा रहेका धरानेहरु विजय खनाल, रोशन बास्तोला, जय श्रेष्ठ, शैलेश कसजु, विशाल मास्केले, मिलन श्रेष्ठ, गेहेन्द्रराज मास्के लागायतले समन्वय गरी यो रकम संकलन गरेका हुन ।

परदेशमा रहेर आफ्नो मातृभूमी धरानलाई विपदमा सहयोग गर्ने अमेरिका लगायत विभिन्न मुलुकका धराने साथीहरु र धरानमा रहेर समन्वय गर्ने साथीहरुलाई नगर प्रमुख तिलक राईले खुलेर प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए । उपप्रमुख मञ्जु भण्डारी सुवेदीले राहत कोष र फुट बैंकमा संकलन गरिएको रकम वडा कार्यालय मार्फट आवश्यक वर्गलाई प्रदान गरिरहेको जानकारी गराउदै कही कतै दुरुपयोग नहुने बताइन । 

धरानमा समन्वय र सहयोग गर्नका नेपाल टीम धरान गठन गरिएको छ । उक्त टीमा सुधन कुमार श्रेष्ठको संयोजकत्वमा डा.राजेन्द्र शर्मा,, मोहन श्रेष्ठ, सुमन श्रेष्ठ, पूर्ण बहादुर राई र समिनकला राई सहितको समिति गठन भएको छ । विश्वव्यापी रुपमा फैलिकएको कोभिड १९ का कारण लक डाउनको अवस्थामा रहेका अति विपन्नहरुका लागि राहत वितरण गरिएको छ ।

यस गो फण्डमा विश्वभर विभिन्न मुलुकका जोकोहीले पनि रकम प्रदान गर्न सक्ने जानकारी गराउदै रकम जम्मा हुदै जादा क्रमशः रकम पनि हस्तान्तरण गर्दै जाने धरान टीमका सदस्य मिडियाकर्मीै मोहन श्रेष्ठले जानकारी गराए । यस कोषलाई स्थायी कोषको रुपमा संचालन गर्न सकिने र पारदर्शी ढंगबाट उपयोग गरिने पनि श्रेष्ठले बताए ।