धरान : लकडाउनको सदुपयोग गर्दै धरानको भानुचोकमा स्थानीय युवाहरूले जेब्रा क्रसिङ बनाएका छन् । परिचय खुलाउन नचाहेका धरानका स्थानीय युवाहरूले लकडाउनको समयमा जेब्रा क्रसिङ बनाएका हुन् ।

' धराने नै हौ हामी ' परिचय खुलाउन नमानेका एक युवाले भने ' अहिले काम पनि छैन, सामाजिक दुरी कायम गरेर समयको सदुपयोग गरेको हो ।'

धरानमा बनाएका प्राय: जेब्रा क्रसिङहरु मेटिएका छन् । धेरै जना पैदलयात्रीहरु जेब्रा क्रसिङ्ग कै कारण बाटो काट्न झुक्किने गरेको बताउँदै आफूहरूले बनाउन थालेको उनीहरूको भनाई छ ।

लकडाउनमा बाहिर मान्छे र गाडीहरू नहिँडेकाले लामो समय सम्म रङ लामो समय टिक्छ कि भनेर यति बेला बनाएका हौ ।

Zebra-crossing-3