धरान : धरानको फुड बैंकमा किरात याक्थुङ्ग चुम्लुङ्गले १ हजार केजी चामल प्रदान गरेको छ ।

किरात याक्थुङ्ग चुम्लुङ्ग नगर, जिल्ला र केन्द्र समिति मिलेर उक्त खाद्यान प्रदान गरेको ताजुव लिम्बुले वताए ।
चुम्लुङ्गका प्रतिनिधि पदाधिकारीहरुले उक्त खाद्यान्न नगर प्रमूख तिलक राई र उप प्रमुख मञ्जु भडारी सुवेदीलाई हस्तान्तरण गरका थिए ।

मंगलबार धरान सभा गृहमा राहत ग्रहण गर्दै धरानका मेयर तिलक राईले संकटको घडीमा जातिय संघ संस्थाहरुले गरेको सहयोग प्रति कृतज्ञता ज्ञापन गरे ।
कोभिड-१९ कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउन हामी सवै एक भई सहयोग आदन प्रदान गर्ने विचार चुम्लुङ्गका केन्द्रिय महासचिव योगेन्द्र पालुंवाले व्यक्त गरेका थिए ।