धरान : आज बारा र पर्सामा थप तिन जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिएका छन् ।

पाण्डेका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती तिनै जना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । सङ्क्रमितमध्ये एक जना अस्पताल र अर्का दुईजना क्वारेन्टाइनमा रहेका छन् । 

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ । १६ जना निको भएका छन् ।