मोरङ :  मोरङको बिराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-५ का ३४ बर्षीय दिलबन्धु प्रसाद मोदीलाई पक्राउ गरेको हो ।

१०० एमएल को डाईलक्स डि.सी. १५ बोतल, नाईट्भेट ट्याब्लेट ३० चक्की र स्पास्मोप्रोक्सिवन २४ चक्की सहित मंगलवार बेलुका साँडे ६ बजे पक्राउ गरेको थियो ।

पक्राउ परेका मोदीको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।