इटहरी : लकडाउनकै वेला पनि इटहरी उपमहानगरपालिका भित्रका बालबालिकालाई खोप लगाइने भएको छ ।

इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार इटहरी अस्पतालले लगाउने खोप तालिका अनुसार वडा नम्बर २ को महेन्द्र माविमा वैशाख २१ गते वडा नम्बर २ कै आयुर्वेद औषधालय हवाई चौकमा वैशाख २२ गते खोप लगाइने छ । वैशाख २१ गते वडा नम्बर ३ को सामुदायिक स्वास्थ्य क्लिनिक र २२ गते तामाङ टोलमा खोप लगाइने छ ।

वडा नम्बर ४ मा वैशाख २३ गते कचना मावि र २४ वैशाखमा वडा नम्बर ५ को ज्योति माविमा खोप लगाइने छ । वैशाख २५ गते वडा नम्बर ६ को इटहरी अस्पतालमै खोप लगाइने छ ।वैशाख २१ र २२ गते नै इटहरी ७ को सामुदायिक क्लिनिकमा खोप लगाइने छ । वैशाख २१ र २२ गते नै इटहरी वडा नम्बर ८ को पनि सामुदायिक क्लिनिकबाटै खोप लगाइने छ । वडा नम्बर ९ को इटहरी अस्पतालबाटै वैशाख २६ देखि ३० गतेसम्म बालबालिकाहरुलाइै खोप लगाइने छ ।

वैशाख ३१ गते वडा नम्बर १४ का बालबालिकाहरूलाई सोही वडाको सामुदायिक केन्द्रबाट खोप लगाइने छ ।वडा नम्बर २० मा रहेको हाँसपोसा स्वास्थ्य चौकीले पनि आफ्नो कार्यक्षेत्र भित्रका वडाहरूको खोप तालिका पनि सार्वजनिक गरेको छ । वैशाख २१ गतेबाट सुरु गरी ज्येष्ठ १ गतेसम्म बालबालिकाहरूलाई विशेष खोप लगाउने तालिका सार्वजनिक गरेको छ ।

तालिका अनुसार सेरा चौक इटहरी १९ मा वैशाख २१ गते,१९ नम्बर वडा कार्यालयमा २२ र २३ गते,पिएसी तरहरामा २४ देखि २७ गते सम्म खोप लगाइने छ । यस्तै आपँगाछीमा २८ गते र २९ देखि जेठ १ सम्म हाँसपोसा स्वास्थ्य चौकीमा खोप लगाइने छ ।

खोप बिहान ११ वजेदेखि २ बजे सम्म लगाइने छ । बच्चालाई खोप लगाउन लिएर आउँदा एक जना मात्र आउन आग्रह गरिएको छ । खोप केन्द्रमा पनि दुई मिटरको दुरी कायम गरेर बस्नु पर्ने छ । बिरामी ज्वरो आएका र सुख्खा खोकी लागेका बच्चाहरूलाई भने खोप लगाउन नल्याउन भनिएको छ ।